FAQs Complain Problems

परिचय

            इलाम जिल्लाको उत्तरी छेत्रमा अवस्थित सन्दकपुर गाउपलिका साबिकका माईमझुवा, सुलुबुङ्ग, माबु, जमुना गाविसाहरु र माइपोखरी गाविसको ४ देखी ९ सम्मका वडा मिलाएर बनाईएको छ l जिल्लाको कूल १७०६ वर्ग कि.मी क्षेत्रफल मध्ये १५६.०१ वर्ग कि.मी  यस  गाउपालिकाले  ओगटेको  छ l भारतीय सिमावर्ती बजारहरूसंग ब्यापारिक पहुच रहेको यस गाउपलिका पर्यटन बिकासको सम्भावना रहेको स्थानीय तह हो lसाविकका ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार बनाएर पाच वटा वडामा बिभाजन गरिएको छ l देशको कूल ७४४ स्थानीय निकाय मध्ये सन्दकपुर गाउपलिकाका जनसंख्याको हिसाबले १३६ औ सानो स्थानीय तह हो भने चेत्रफलको आधारमा ४७१ औ सानो स्थानीय निकाय हो l कृषि तथा पशुपालन, बैदेशिक रोजगार तथा जडिबुटीको संकलन यहाँका मानिसहरुको प्रमुख ब्यबसाय हो l साकेला, उधौली उभौली, दशैं तिहार, लोसार, मारुनी, संगेनी, बालन, हाकपारे केलांग, चण्डी नाच ,हुर्रानाच, क्रिसमस आदि यस क्षेत्रमा मनाइने प्रमुख चाडपर्वहरु हुन् जुन खासगरी राई, लिम्बु, ब्राम्हण, क्षेत्रि, शेर्पा, सुनुवार,तामांग, थामी,गुरुङ,मगर,दमाई,कामि,भुजेल र भोटे जस्ता जातजातिले मनाउने गर्छन lप्रसिद्ध धार्मिक स्थल माइपोखरी यस छेत्रमा पर्दछ lचौरी र रेडपाण्डा  तथा विभिन्न लोपउन्मुख चराहरु र ठकठके संरक्षण यस क्षेत्रको थप आकर्षक हो l

       यस गाउपलिकाको नामकरणको समन्धमा अनेकौ किम्बदन्तीहरु छन् l यस गाउपलिकाको वडा नं २ र ४को सिमानामा सन्दकपुर भन्ने स्थान रहेको छ l समुन्द्री सतहबाट ३६३६ मीटरको उचाइमा अवस्थित सन्दकपुर हिमश्रीन्खलाहरुको रमदीय अवलोकन, सुर्योदय, प्राकृतिक सुन्दरता र जैविक बिबिधताको अवलोकनका लागि उतक्रिस्ट स्थानका रुपमा परिचित रहेको स्थान हो l प्रसिद्ध पर्यटकीय स्थलका रुपमा रहेको स्थान यस गाउपलिकामा पर्ने भएकोले यस गाउपालिकालाई पर्यटकीय गन्तब्यका रुपमा परिचित गराई विकास गर्ने सन्दकपुर नाम राखिएको हो भन्ने भनाई रहेको छ l