FAQs Complain Problems

कृषि सेवा शाखाबाट सम्पादन हुने कार्यहरु

१. कृषि विकास शाखाबाट वार्षिक रुपमा सञ्चालन हुने कार्यक्रमहरुको बार्षिक कार्यतालिका तयार गरी पेश गर्ने ।
२. कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण व्यवस्थापन र परिचालन गर्ने
३. कृषकहरुको क्षमता अभिबृद्दि प्राविधिक सेवा सिप विकास र सशक्तिकरण गर्ने
४. कृषि बिउबिजन नश्ल मलखाद र रसायन तथा औषधिहरुको आपूर्ति उपयोग गर्ने
५. कृषि प्रसार कृषि उत्पादन व्यवस्थापनसम्बन्धी स्थानिय नीति कानून मापदण्ड योजना कार्यान्वयन र नियमन गर्ने
६. कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
७. कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्दन
८. कृषि विमा र कृषि कर्जा सहजिकरण
९. शीत भण्डारणको व्यवस्थापन
१०. कृषकहरुको क्षमता अभिबृद्दि प्राविधिक सेवा सीप विकास र सशक्तिकरण
११. कृषि सम्बन्धि प्रविधिको संरक्षण र हस्तान्तरण
१२. कृषि तथ्याङ्कको व्यवस्थापन र सुचना प्रणालि तथा कृषि सम्बन्धि सुचनाको प्रचारप्रसार
१३. कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन
१४. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने