अपडेट
पूर्वाधार विकास (प्राविधिक) शाखाबाट सम्पादन हुने कार्यहरु
१. बार्षिक कार्यतालिका तयार गरी पेश गर्ने
२. संघिय, प्रदेश र गाउँपालिका तथा वडा स्तरीय योजनाहरुको सर्वेक्षण इस्टिमेछ, मुल्याङ्कन तथा अनुगमन गर्ने गराउने
३. आफु मातहतका कर्मचारीहरुलाई तोकिए बमोजिमको काममा लगाउने ।
४. बोलपत्र मुल्याङ्कन समितिको संयोजनको रुपमा रही ठेक्का बन्दोबस्ती सम्बन्धी आश्यक कार्य गर्ने ।
५. परामर्श सेवा खिरद कार्यमा समन्वयकारी भुमिका निर्वाह गर्ने
६. अन्य प्राविधिक सम्बन्धी सम्पुर्ण कार्य गर्ने गराउने ।
७. कार्यालय प्रमुखले समय समयमा दिएका निर्देशनहरुको पालना गर्ने ।
८. स्वीकृत योजनाहरुको समयमै डिजाइन र मितव्ययी लगत इस्टिमेट तयारी ।
९. समयमा नै स्वीकृत योजनाहरु कार्यान्वयन ।
१०. कार्यान्वयनमा आएका योजनाहरुको निर्धारित प्राविधक स्तर कायम गर्ने गराउने ।
११. योजनाको संभाव्यता अध्ययन गर्ने कार्यमा सहयोग गर्ने ।
१२. सम्भाव्य योजनाको सर्भे, डिझाइन,ल.ई, तयार गर्ने, गराउने ।
१३. जिल्लाको स्वीकृत दररेटलाई आधारमानी ल.ई गर्ने गराउने
१४. स्वीकृत योजनाहरुको लगत राखि प्राथिमकता तोक्ने कार्यमा आफ्नो राय प्र.प्र.अ समक्ष पेश गर्ने ।
१५. मर्मत सम्भार गर्ने योजनाको ल.ई गर्ने गराउने ।
१६. स्वीकृत योजनाको कार्य तालिका बनाई ठेक्कापट्ट भए ठेक्का बमोजिम र उपभोक्ता समिति तथा अमानत भए प्रकृया पुरा गरी कार्य गर्ने ।
१७. योजनाहरुको नापी किताव रनिङ बिल, मुल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने गराउने ।
१८. सम्पन्न आयोजनाको जाँचपाँच गरी फरफारक गर्ने गराउने ।
१९. योजना संचालनमा विवाद एवं समस्या उत्पन्न भएमा सो को जानकारी यथासिघ्र प्रमुख प्रशासकीय अधिकएतलाई गराउने ।
२०. संचालित योजनकहरुको बेग्लाबेग्लै फाईल खडा गरी राख्ने लगाउने ।
२१. मासिक,चौमासकि, बार्षिक प्रगति प्रतिवेदन तयार गरी पठाउने ।
२२. चौमासिक र बार्षिक प्रगति समिक्षा बैठकमा पेश गर्ने ।
२३. माग र आवश्यकताका आधारमा सम्बन्धित टोल विकास संस्थालाई समेत संलग्न गराई योजना निर्माण कार्यमा सहयोग गर्ने ।
२४. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने