FAQs Complain Problems

प्रधानमन्त्री रोजगार शाखाबाट सम्पादन हुने कार्यहरु

१. गाउँपालिका भित्र रहेका बेरोजगार व्यक्तिहरुको तथ्याङ्क संकलन तथा विश्लेषण गरी बेरोजगारको सूचि अध्यावधिक गर्ने
२. सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने
३. स्थानीय तहभित्र उपलब्ध रजगारीका अवसहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने
४. स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्याङ्क संकलन गर्ने तथा रोजगारीका अवसरको अभिलेखाङ्क गर्ने
५. रोजगारदाता लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने
६. रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारका लागि काममा जान सूचित गर्ने
७. बेरोजगारहरुको ज्ञान सीप अनुभव क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने
८. आफ्ना कामकारवाहिको बारेमा नियमित रुपमा सम्बन्धित गाउँकार्यपालिका तथा नगरकार्यपालिमा प्रतिवेदन गर्ने
९. ऐन तथा नियमावली बमोजिम आफूले गरेका काम कारबाहिको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धि विषय हेर्ने मन्त्रालयमा चौमासिक रुपमा र आवश्यकता अनुसार माग भएको जुनसुकै समयमा प्रतिवदन पठाउने
१०. आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने
११. बैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता विवरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने
१२. बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता बैंक खाता मार्फत वितरण गर्ने व्यवस्था मिलाउने
१३. रोजगारी तथा स्वरोजगारी सम्बन्धि स्थानीय तहमा कार्य गर्ने अन्य सरकारी निकाय वा त्यस्ता निकायद्वारा सञ्चालित कार्यक्रमसँग समन्वय र सहकार्य गर्ने
१४. रोजगार सम्बन्धि सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने
१५. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने