FAQs Complain Problems

शिक्षा युवा तथा खेलकुद शाखाबाट सम्पादन हुने कार्यहरु

१. बार्षिक कार्यतालिका तयार गरी पेश गर्ने।
२. शिक्षकको तब समयमानै निकासा गर्ने
३. विद्यालयको नियमित अनुगमन गर्ने
४. आफु मातहतका कर्मचारीहरुलाई परिचालन गर्ने
५. शिक्षा सम्बन्धी महत्वपुर्ण कार्यहरु शिक्षा समितिबाट निर्णय गराइ कार्यान्वयन गर्ने।
६. शिक्षाका गाउँपालिका स्तरीय शैक्षिक कार्यक्रम वार्षिक कार्यतालिका अनुसार कार्यान्वयन गर्ने।
७. शैक्षिक गुणस्तर अभिबृदिका लागि विविध तालिम तथा कार्यक्रम सञ्चालन गर्ने।
८. तोकिएकफो अन्य कार्य गर्ने।
९. यस बाहेक कार्यालय प्रमुखले समय समयमा दिएका निर्देशन पालना गर्ने।
१०. प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा अनौपचारिक शिक्षा, खुला तथा बैकल्पिक शिक्षा (गुरुकुल, मदरसा,गुम्बा आदि), निरन्तर सिकाइ तथा विषेश शिक्षा सम्बन्धी नीति, कानुन,मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन।
११. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन गर्ने ।
१२. पाठ्यक्रम रपाठ्यसामग्रीको विवतरण तथा कार्यान्वयन
१३. विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापनमा सहजिकरण गर्ने ।
१४. विद्यालयको नक्साङ्कन, अनुमति,स्वीकृती, समायोजन तथा नियमनमा सहजिकरण गर्ने ।
१५. शैक्षिक पुर्वाधार निर्माण र मर्मत सम्भारको नियमन गर्ने ।
१६. आधारभुत तह ( कक्षा ८) को परीक्षा व्यवस्थापन गर्ने गराउने ।
१७. विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन गर्ने गराउने ।
१८. विद्यार्थी प्रोत्साहन तथा छात्रबृतिको व्यवस्थापन गर्ने गराउने ।
१९. शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन गर्ने गराउने ।
२०. स्थानीयस्तरको शैक्षिक ज्ञान,सीपर प्रविधिको संरक्षकण, प्रवर्दन र स्तरीकरणमा सहयोग गर्ने ।
२१. माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन गर्ने ।
२२. पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापनमा सहजीकरण गर्ने ।
२३. स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय गर्ने ।
२४. खेलकुदको विकास र प्रवर्दन गर्ने ।
२५. खेलकुद प्रतियोगीता आयोजना र सहभागीता गर्ने गराउने ।