अपडेट
पञ्जीकरण शाखाबाट सम्पादन हुने कार्यहरु
१. बार्षिक कार्यतालिका तयार गरी पेश गर्ने।
२. सामाजिक सुरक्षा तथा पञ्जिकरण सम्बन्धी समस्या आएमा समाधानको लागि विभागसँग आवश्यक समन्वय गर्ने ।
३. MIS प्रणाली अनुसार वडाको User ID वडा सचीवको नाममा बनाउने ।
४. सामाजिक सुरक्षा लाभग्राहीहरुको विवरण यकिन गरी भत्ता रकम प्रत्येक त्रैमासिकमा वितरण को लागि आवश्यक तयारी गर्ने ।
५. सामाजिक सुरक्षा लाभग्राहीहरुको समयमा नै नवीकरणको लागि वडाहरुमा जानकारी गराई नविकरणमा सहयोग गर्ने ।
६. सामाजिक सुरक्षा लाभग्राहीहरुको मृत्यु दर्ता गराई लगत कट्टा गर्नमा वडाहरुलाई सहयोग गर्ने ।
७. सामाजिक सुरक्षा लाभग्राहीहरुको बैक खाता नं. यकिन गरी Forward Feed मा update गरी बैकलाई पठाउने ।
८. सामाजिक सुरक्षा सम्बन्धी बैंकिङ्ग समस्या आएमा आवश्यक समन्वय गर्ने ।
९. सामाजिक सुरक्षा भत्ता रकम वितरणको बैक र कार्यालयको विवरण अनुसार यकिन गरी हिसाब मिलान गर्ने ।
१०. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने
११. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने