अपडेट
लेखा शाखाबाट सम्पादन हुने कार्यहरु
१. बजेट तयारी सम्बन्धी कार्य ।
२. आम्दानी जम्मा गर्ने र अभिलेख राख्ने सम्बन्धी कार्य ।
३. भुक्तानी र अभिलेख राख्ने सम्बन्धी कार्य ।
४. आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने कार्य ।
५. बेरुजु फर्छयौटका लागि प्रमाण जुटाउने कार्य ।
६. रकम निकासाका लागि सम्बन्धित अड्डाहरुमा पत्राचार सम्बन्धि कार्य ।
७. समाजिक सुरक्षा भत्ता निकासा सम्बन्धी कार्य ।
८. दैनिक, मासिक, बार्षिक आय व्ययको विवरण तयारी सम्बन्धी कार्य र बैँक हिसाव मिलान सम्बन्धी कार्य ।
९. कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको तलब, भत्ता तथा सुविधा वितरण सम्बन्धी कार्य ।
१०. विजुली, धारा, टेलीफोनको महशुल भुक्तानी सम्बन्धी कार्य ।
११. खर्च सम्बन्धी वीलहरु चेक जाँच गरी नियमानुसार भुक्तानी गर्ने सम्बन्धी कार्य ।
१२. धरौटी अभिलेख राख्ने तथा फिर्ता दिने कार्य ।
१३. कर्मचारी कल्याण कोष संचालन सम्बन्धी कार्य ।
१४. नगद तथा अभिलेखहरुको सुरक्षा सम्बन्धी कार्य ।
१५. वित्तीय प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य
१६. आय व्यय विवरण सार्वजनिक गर्ने सूचना केन्द्रमा बिवरण उपलब्ध गराउने कार्य ।
१७. प्रचलित कानून र प्रमुख प्रशासकीय अधिकृतको निर्देशन अनुसारका अन्य कार्य ।
१८. धरौटी आदेशानुसार फिर्ता खर्च तथा सदरस्याहा गर्न लगाउने ।
१९. भौचरहरु म.ले.प. फारमहरुमा व्यक्तिगत खाता तथा बजेट विवरण खातामा चढाउन लगाउने ।
२०. गा.पा. बैठकबाट आर्थिक सम्बन्धी भएका निर्णयहरु अध्ययन एवं कार्यान्वयन गर्न लगाउने ।
२१. तलब भत्ता वितरण गर्ने एवं संचय कोषमा पठाउनु पर्ने कट्टी रकम समयमानै पठाउन लगाउने ।
२२. समायमा निकासा माग गर्ने र खर्च गरी मासिक, चौमासिक र बार्षिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा समायमानै पठाउन लगाउने ।
२३. पेश्की तथा बेरुजुलाई नियमित, मिन्हा एवं असुल उपर गर्न आवश्यक व्यवस्था मिलाउन लगाउने ।
२४. नियमित रुपमा आ.ले.प. र म.ले.प. गराउन लागउने ।
२५. प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
२६. खाताहरु प्रमाणित गराउन लगाउने ।
२७. अनुमानित बार्षिक आय व्ययको मस्यौदा तयार गर्ने कार्यमा प्रमुख प्रशासकीय अधिकृतलाई सहयोग गर्ने ।
२८. कार्यालयको तर्फबाट तिर्नु पर्ने महशुलहरु समयमा बुझाउन लगाउने ।
२९. आ.ब.को अन्त्य पछि अर्को आ.ब.मा सम्पुर्ण आर्थिक जिम्मेवारी सार्न लगाउने ।
३०. अवकास प्राप्त कर्मचारीहरुको सम्पूर्ण रकम दिने व्यवस्था गर्न लगाउने ।
३१. आम्दानी बृद्धि हुन सक्ने क्षेत्रहरुको पहिचान गर्न लगाउने ।
३२. गा.पा ले लिनु पर्ने सम्पूर्ण कर दस्तुर एवं शुल्क उठाई जम्मा हुन आएको रकम राजश्व आम्दानी बाधी दैनिक रुपमा बैँक दाखिला गर्ने र दैनिक, मासिक, चौमासिक र बार्षिक प्रतिवेदन का.अ. समक्ष पेश गर्न लगाउने ।
३३. कर असुलीमा आएका समस्याहरुको समाधान गर्न लगाउने ।
३४. नियमानुसार जिन्सी निरीक्षण गर्न लगाउने ।
३५. जिन्सी अभिलेखहरु राख्न लगाउने ।
३६. गाउँपालिकालाई आवश्यक पर्ने जिन्सी सामाग्रीहरु नियमानुसार खरिद एवं वितरण गर्न लगाउने ।
३७. कार्यालय प्रमुखले लाए अह्राएको अन्य कार्य गर्ने ।