अपडेट
जिन्सी शाखाबाट सम्पादन हुने कार्यहरु
१. प्रत्येक शाखा उपशाखा तथा इकाइबाट स्वीकृत माग फारम अनुसार माग भइ आएको जिन्सी सामान मौज्दातमा भए उपलब्ध गराउने मौज्दातमा नभए आवश्यक प्रक्रिया पुरा गरि बजेट व्यवस्थाका आधारमा बजारबाट खरिद गरि उपलब्ध गराउने ।
२. गाउँपालिकाको खर्च भइ जाने एवं खर्च भइ नजाने जिन्सी सामाग्रिहरुको विधुतिय एवं बेग्ला बेग्लै रजिष्टर खडा गरी प्रमाणित अभिलेख अध्यावधि गर्ने।
३. व्यक्तिगत तथा सहायक जिन्सी खाता अध्यावधिक गरी राख्ने ।
४. नयाँ आर्थिक वर्ष शुरु भएको १५ दिन भित्र अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सार्ने जिन्सी मौज्दातको वार्षिक विवरण तयार गरि प्रमाणित गरि राख्ने तथा वार्षकि जिन्सि निरिक्षण गराउने ।
५. गाउँपालिकाको भौतिक तथा चल अचल सम्पत्तिको अभिलेख राखी सो को सुरक्षा एवं मर्मत संभारको व्यवस्था मिलाउने ।
६. कार्यलयलाइ आवश्यक पर्ने छपाई सम्बन्धि कार्यको व्यवस्था गर्ने ।
७. नगदि रसिद तथा अन्य आवश्यक रसिदहरु छपाई समयमै उपलब्ध गराउने र सोको रेकर्ड रसिद नियन्त्रण खातामा चढाउने ।
८. सवारी साधन तथा ढुवानी साधनहरुको ब्लु बुक राख्ने तथा रिन्यु गर्ने तथा लगबुक अध्यावधिक गराउने
९. दैनिक खर्च हुने सामानहरुको फारम अनुसार अभिलेख राख्ने
१०. कार्यालयलाई आवश्यक पर्ने घर जग्गा आदि खरिद वा भाडामा लिनुपर्ने भएमा आवश्यक व्यवस्था मिलाउने
११. मर्मत संभारबाट काम नलाग्ने सामानहरुको लिलामका लागि आवश्यक व्यवस्था मिलाउने
१२. राष्ट्रिय चाडपर्व तथा विभिन्न सभा समारोह कार्यक्रमहरुमा आवश्यक सामाग्रीको व्यवस्था मिलाउने ।
१३. प्रत्येक शाखा उपशाखा तथा इकाइहरुलाई आवश्यक जिन्सी सामानको लगत संकलन गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न पेश गर्ने
१४. कार्यालयमा फिर्ता नआउने गरी निकासा भएको सामानको हस्तान्तरण सम्बन्धी कार्य गर्ने
१५. जिन्सी सामान खरीद भई विल भुक्तानी गर्दा आवश्यक कागजपत्र समेत संलग्न गरी आर्थिक प्रशासन शाखामा पठाउने
१६. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने