FAQs Complain Problems

राजश्व शाखाबाट सम्पादन हुने कार्यहरु

१. गाउँपालिकाको राज्शव संकलन सम्बन्धि बार्षिक कार्ययोजना तयार गर्ने ।
२. गाउँपालिकाको राजश्व संकलन सम्बन्धमा तर्जुमा भएको नीति कानुन को कार्यान्वयन गर्ने ।
३. राजश्व परिचालन तथा राजश्व सम्बन्धि नीतिको विषयमा राजश्व परिचालन समितिलाई आवश्यक राय सुझाव प्रदान गर्ने
४. राजश्व संकलनको दर दायरा गाउँसभाबाट पास भए नभएको यकिन गर्ने
५. राजश्व असुलि सम्बन्धि साक्षरता अभियान सञ्चालन गर्ने
६. सबै वडा कार्यालयहरुमा सम्पत्ति कर सम्बन्धि अनुशिक्षण कार्यक्रम आयोजना तथा सञ्चालन गर्ने
७. व्यवसा दर्ता अध्यावधिक सम्बन्धि घुम्ती शिविर सञ्चालन गर्ने
८. विभिन्न निर्माण व्यवसायी ठुला तथा साना करदाता र गापा वीच कर सम्बन्धि अन्तर्क्रिया छलफल वा अनलाइन संवाद कार्यक्रम सञ्चालन गर्ने
९. गाउँपालिकाको आन्तरिक श्रोत अभिबृद्दिमा योगदान गर्न सक्ने राजश्वको श्रोत पहिचान गरी सो सम्बन्धि नीति तयार गर्ने
१०. प्राकृति श्रोतको उपयोग सम्बन्धि नीति निर्धारण एवं कार्यान्वयन गर्ने
११. करदाताहरुको विवरण अध्यावधिक गर्ने
१२. जनताबाट संकलन भएको कर जनताको विकास कार्यमा खर्च गर्ने परिपाटीको पैरवि गर्ने
१३. निर्धारित राजश्वको दर शुल्क शाखा मार्फत सार्वजनिकिकरण गर्ने
१४. गत आ.व को तुलनामा आन्तरिक आयको बृद्दि गर्ने योजना निर्माण गरी कार्यान्वयन गर्ने
१५. मासिक रुपमा आय व्यवको विवरण सार्वजनिक गर्ने
१६. राजश्व सम्बन्धि सबै सुचना विवरण तथा दस्तावेजहरु वेभसाइडमा अपलोड गर्ने
१७. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने