अपडेट
नविकरण गर्ने वारेको सुचना
विषय : नविकरण गर्ने वारेको सुचना ।
श्री सबै वडा कार्यालय, श्री सबै लाभग्राही ब्यक्तीहरु, सन्दकपुर गाउँपालिका इलाम ।
प्रस्तुत विषयमा सन्दकपुर गाउँपालिका बाट मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराई रहेका, क्यान्सर रोगका उपचार गराइरहेका र मेरुदण्ड पक्षघातका विरामीहरुलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मंत्रालयको कार्यविधि २०८० अनुसार यस गाउँपालिका भित्रका सेवा लिई रहेका लाभग्राहीहरुको नविकरण गर्न तपसिल बमोजिमका कागजातहरु मितिः २०८१ भाद्र मसान्त भित्र पेश गर्नु गराउनु हुन वडा कार्यालय तथा सम्बन्धीत सबै लाभ ग्राहीहरुको लागी यो सूचना प्रकासित गरएको छ । तपशिल वमोजिमका कागजातहरु प्राप्त नभएमा लाभग्राहीको खातामा रकम जम्मा नहुने हुदाँ अनिवार्य रुपमा कागजात उपलब्ध गराई दिनु हुन अनुरोध छ । अन्यथा लाभग्राहीको खातामा रकम जम्मा नभएमा गाउँपालिका जिम्मेवार नहुने ब्यहोरा समेत जानकारी गराईन्छ ।
तपशील
१. अस्पतालबाट रोग निदान भएको प्रमाणित अनुसुची-२ को प्रतिलिपि-१
२. हाल उपचार गरिरहेको फलोअप कागजातहरुको प्रतिलिपि -१
३. बच्चाको हकमा जन्मदर्ता प्रमाण पत्र को प्रतिलिपि-१
४. मेरुदण्ड पक्षघातका विरामीको हकमा अपाङ्गताको कार्डको प्रतिलिपि-१
५. सम्बन्धीत वडाको सिफारिस पत्र-१