अपडेट
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना
इलाम जिल्ला सन्दकपुर गाउँपालिका अन्तर्गत संचालित श्री श्याम्बल माध्यामिक विद्यालय सन्दकपुर गाउँपालिका-२ मा रिक्त रहेको निम्नमाध्यामिक तह नेपाली विषयको शिक्षक पदमा सरुवाको प्रक्रिया अगाडि बढाइदिन भनी विद्यालयको च.नं. १३९ मिति २०८१/०३/१३ गतेको पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तह र विषयगत योग्यता पुगेका स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह, र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।