अपडेट
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ प्रारम्भ हुँदाका बखतसम्म सेवा अविछिन्न रूपमा कार्यरत कर्मचारीहरुको लागि
स्थानीय सरकारी सेवा (गठन तथा सभा सञ्चालन) ऐन, २०८० को दफा १६ को खण्ड (ग) को उपखण्ड (३) बमोजिम समायोजन हुँदाका वखत स्वीकृत दरबन्दी मध्ये पदपूर्ति गर्नुपर्ने रिक्त दरबन्दीमा अस्थायी, करार नियुक्ति भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ प्रारम्भ हुँदाका बखतसम्म सेवा अविछिन्न रूपमा कार्यरत रहेका र न्यूनतम शैक्षिक योग्यता हासिल गरेका स्थानीय सरकारी सेवाका अस्थायी, करार कर्मचारीहरूले आयोगबाट यस्ता कर्मचारीहरूका लागि निकट भविष्यमा हुने विज्ञापनको परीक्षामा सहभागी हुन इच्छुकको ७ (सात) दिनभित्र निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ।