FAQs Complain Problems

महिला बालबालिका तथा समाजकल्याण ईकाइ

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख

१. महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन ।
२. महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास ।
३. लैगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुन:स्थापना ।
४. लैंगिक उत्तरदायी बजेट निर्माणमा सहयोग गर्ने ।
५. बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वय र नियमन ।
६. बालबालिकाको हकहित र संरक्षण ।
७. बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल ।
८. बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य ।
९. बालबालिका परिवार सहयोग ।
१०. बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन ।
११. बाल न्याय ।
१२. बाल गृह, पुन: स्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन ।
१३. असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन ।
१४. बाल हिंसा नियान्त्रण ।
१५. बालसुधार तथा पुन:स्थापना केन्द्र स्थापना, संचालन अनुमति र नियमन ।
१६. आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन ।
१७. युवा जागरण, सशक्तिकरण र परिचालन ।
१८. युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास ।
१९. जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, समाजिक सुरक्षा सम्बन्धी कार्य ।
२०. जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन ।
२१. संघ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुन: स्थापना केन्द्र तथा असक्त स्यहार केन्द्रको सञ्चालन र व्यवस्थापन ।
२२. अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण ।
२३. अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन ।
२४. अपाङ्गता भएका व्यक्ति र असक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
२५. एकल महिला सम्बन्धी कार्य ।